February 6th, 2019

विश्व बैंकको अध्यक्षमा अमेरिकी अर्थमन्त्रालयका शिर्ष अधिकारी आउन सक्ने


बैंकिङ खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थमन्त्रालयका अन्तरराष्ट्रिय मामिलासम्बन्धी कनिष्ठ मन्त्री डेभिड मेलपसलाई विश्व बैंकको अध्यक्षमा मनोनित गर्ने भएका छन् । 

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले छापेको समाचार अनुसार यो निर्णका बारे ट्रम्प प्रशासनले विश्व बैंकका शेयरधनीहरुलाई समेत जानकारी गराइसकेको छ । मेलपसले लामो समयदेखि विश्व बैंक मामिला हेर्दै आएका छन् । 

यसबारे बुधवार घोषणा हुने रोयटर्सले उल्लेख गरेको छ । तर यस बारेमा हवाइट हाउस र अर्थमन्त्रालय दुबैका प्रवक्ताले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । 

ट्रम्पले मेलपसलाई अध्यक्षमा मनोनयन गरेपनि विश्व बैंकका १ सय १२ सदस्यीय कार्यसमितिले मन्जुरी दिनुपर्ने हुन्छ । तर यो समितिमा अमेरिकाको मताधिकार बढी भएकाले मेलपस नै अध्यक्ष बन्न सक्ने सम्भावना बढी छ । यसअघि कोरियाली मुलका अमेरिकी नगरिक जिम योङ किम विश्व बैंकका अध्यक्ष थिए । किमले कार्यकाल सकिन तीन वर्ष बाँकि छँदै फेब्रुअरी १ मा राजीनामा दिएका थिए । त्यस यता विश्व बैंकको अध्यक्ष पद खाली छ । एजेन्सी
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]