Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ माइक्रोफाइनान्सको नाफा ४९७ प्रतिशतले वृद्धि

२०७५ माघ २३ गते

बैंकिङ खबर । ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ३१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४९७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा जम्मा ५ लाख रुपैयाँ मात्र कमाएको थियो ।

लघुवित्तको  खुद ब्याज आम्दानी ४० प्रतिशतले बढेर १ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संचालन मुनाफा १८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

निक्षेप तथा कर्जा
लघुवित्तले गत पुष मसान्तसम्ममा १३ करोड १० लाख रुपैयाँ बचत संकलन गरी ४० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनमामा बचतमा ८२ दशमलव ६० प्रतिशतले वृद्धि गरेको हो भने कर्जामा १७ दशमलव २४ प्रतिशतले वृद्धि गरेको हो । 

सुचकहरु
निष्कृय कर्जा २ दशमलव ७३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव २२ प्रतिशत, प्रति सेयर आम्दानी १० दशमलव ५० रुपैयाँ, मुल्य आम्दानी अनुपात १४० दशमलव ९४ गुणा, प्रतिसेयर नेटवर्थ १०० दशमलव ३४ रुपैयाँ र तरलता अनुपात ४७ प्रतिशत रहेको छ ।

Ad