February 6th, 2019

सानिमा बैंकको दुई नयाँ शाखा विस्तार

बैंकिङ खबर । सानिमा बैंकले काठमाण्डौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा नयाँ शाखा कार्यलय स्थापना गरेको छ । उक्त नयाँ शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रुपमा गरे । 

समारोहमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहकको थप सेवा तथा सुविधाका लागि बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

हाल बैंकले मुलुकभर ७६ वटा शाखा कार्यलय तथा ७२ वटा एटिएम मार्फत आफ्ना ग्राहाकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]