Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१२ अर्बले निक्षेप बढाएको कृषि विकास बैंकको नाफा १ अर्ब ९ करोड  

२०७५ माघ २३ गते

बैंकिङ खबर। १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कृषि विकास बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा रेगुलेटरी एडजस्टमेन्ट पछिको नाफा १ अर्ब ९ करोड ३७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ करोड ४५ लाख रुपैयाँले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा एनएफआरएस अनुसार १ अर्ब २ करोड ९१ लाख ६८ हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ७ अर्ब २७ करोड ४९ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३ अर्ब ७० करोड ३७ लाख रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोड १२ लाख रुपैयाँ हुन जान्छ । 

निक्षेप तथा कर्जा 
बैंकले गत पुष मसान्त सम्ममा १ खर्ब १० अर्ब १३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब ३१ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ११ अर्ब ९५ करोड ९३ लाखले बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९८ अर्ब १७ करोड ३४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १८ दशमलव ९७ प्रतिशत, खराव कर्जा ४ दशमलव ५० प्रतिशत, कस्ट अफ फण्ड ७ दशमलव २३ प्रतिशत र प्रतिशेयर आम्दानी २८ रुपैयाँ २५ पैसा रहेको छ ।
 

Ad