February 5th, 2019

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । 

सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा हाल संचालनमा रहेको बैंकका ८० वटै शाखाको भिसा डेविट कार्ड प्रयोगकर्ता  ग्राहकहरुले नेपाल मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।

बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा विशेष छुट दिनलाई सहयोग गर्न लागिएको  बैंकले जनाएको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]