Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१४ लाख ८५ हजार कित्ता सेयर विक्री गर्दै हिमालयन उर्जा

२०७५ माघ २२ गते

 
बैंकिङ खबर।  नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्काशन गर्ने अनुमति पाएपछि हिमालयन उर्जा विकास कम्पनीले सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता सेयर विक्री गर्ने भएको छ । बोर्डले कम्पनीलाई चुक्ता पूँजीको १५ प्रतिशत सेयर निष्काशन गर्ने अनुमति दिएको हो । 

रामेछाप र दोलाखा जिल्लाको सिमामा बग्ने खिम्ति खोलामा दुईवटा आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि भने ९ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गरिसकेको छ । प्रभावित क्षेत्रका लागि छुट्याएको सेयर सबै विक्री भएपछि मात्र दोस्रो चरणमा सर्वसाधारणलाई सेयर विक्री गरिने कम्पनीले जनाएको छ । 

आइपिओ विक्रीका लागि ग्रेड चार रेटिङ पाएको कम्पनीको प्राथमिक शेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 
 

Ad