बैंकिङ खबर। ६३ करोड ३५ लाख रुपैयाँ चुक्तापूँजी रहेको आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ करोड ८४ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १२१ दशमलव ८७ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा १ करोड २८ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले जगेडा कोषमा पनि आर्कषक सुधार गर्दै १३ करोड ३५ लाख रुपैयाँ पुर्याएको को छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा १४६८ दशमलव ३१ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा लघुवित्तको जगेडा कोषमा ८५ लाख १४ हजार रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १२ करोड ८३ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ७ करोड २६ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ५६ लाख रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले थोक कर्जा मात्र लगानी गर्ने हुनाले बचत तथा निक्षेप संकलन गर्देन । लघुवित्तले पुष मसान्त सम्ममा १ अर्ब ९१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा कर्जा लगानी ५२ दशमलव ९८ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ३८ दशमलव ३६ प्रतिशत, खराव कर्जा शुन्य दशमलव ४० प्रतिशत, कस्ट अफ फण्ड १० दशमलव ७५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय २१ रुपैयाँ ०८ पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेको छ ।