May 31st, 2016

साइबर हमलामा उत्तर कोरियाको संलग्नता !

cyber attackअमेरिकी साइबर सुरक्षा कम्पनी सिम्याण्टेकले हालैका महिनामा बैंकहरूमाथि भएको साइबर हमलामा उत्तर कोरियाको संलग्नताबारे अनुसन्धान गरिरहेको छ । फिलिपिन्स र भियतनामका एकरएक बैङ्क र बङ्गलादेशको केन्द्रीय बैंकबाट पैसा चोर्ने एउटै ग्रूपमा एउटै समूह संलग्न रहेको प्रमाण भेटिएको सिम्याण्टेकले बताएको छ ।

यी घटनामा सन् २०१४ मा सोनी पिक्चर्समाथि साइबर हमला गर्न प्रयोग गरिएको जस्तै मालवेयर प्रयोग भएको पाइएको छ । उक्त हमलामा उत्तर कोरियाको संलग्नता रहेको अमेरिकी सरकारले बताएको थियो । यदि यी हमलाहरूमा पनि उत्तर कोरिया नै दोषी पाइएमा साइबर हमला गरेर पैसा चोर्ने काण्डमा कुनै देश दोषी भेटिएको यो नै पहिलोपटक हुने सिम्याण्टेकका प्राविधिक निर्देशक इरिक चाइनले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

यो वर्षको फेबु्रअरीमा ≈याकरहरूले बङ्गलादेशको केन्द्रीय बैङ्कको न्यूयोर्क फेडमा रहेको खाताबाट ८ करोड १० लाख डलर चोरेका थिए । यस चोरीमा संलग्न समूहले नै भियतनामको टाइन फोङ बैङ्कबाट १० लाख डलर चोर्ने प्रयास गरेको थियो र फिलिपिन्सको एउटा बैङ्कमाथि पनि साइबर हमला गरेको थियो । हमलाकारीहरूले यी सबै हमलामा लाजारूस मालवेयर प्रयोग गरेको पाइएको छ । एजेन्सी