बैंकिङ खबर। १ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको छिमेक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ३९ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ८१ दशमलव ७० प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा २१ करोड ५९ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले रिजर्भ काषमा पनि बृद्धि गर्दै १ अर्ब ५६ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तको रिजर्भ कोषमा ७३ करोड १० लाख रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १ अर्ब ६५ करोड ३१ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ८४ करोड ५६ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ८० करोड ७५ लाख रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्त सम्ममा १३ अर्ब १९ करोड ११ लाख रुपैयाँ बचत संकलन गरी १७ अर्ब ८७ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ३० दशमलव २७ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी २९ दशमलव ८० प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १० अर्ब १२ करोड ५८ लाख रुपैयाँ बचत संकलन गरी १३ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १३ दशमलव ९१ प्रतिशत, खराव कर्जा शुन्य दशमलव २३ प्रतिशत, कस्ट अफ फण्ड १० दशमलव ०३ प्रतिशत, प्रतिशेयर नेटवर्थ २ सय ५६ रुपैयाँ १२ पैसा र प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।