Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा १.०४ अंकको वृद्धि, २७ करोडमाथिको कारोबार

२०७५ माघ १७ गते

बैंकिङ खबर । विहीबार सेयर बजार १.०४ अंकले बढेर १,१६१.६३ अंकमा कायम भएको छ । ट्रेडिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा समुह र जीवन बीमा समुह बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक समुहको १८.०२ अंकले बढेको छ । 

दिनभरिमा १६८ वटा कम्पनीको ९ लाख ७ हजार ३ सय १४ कित्ता सेयर ५ हजार ३ सय १३ पटक खरिदविक्री हुँदा २७ करोड ३३ लाख ८७ हजार ४ सय ४३को कारोबार भएको छ । 

नागरिक लगानी कोषको सबैभन्दा धेरै ३ करोड ९६ लाख ३८ हजार ७३को कारोबार भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल र अपर तामाकोशीको १ करोडमाथिको कारोबार भएको छ । नविल बैंकको ७६ लाख ७० हजार ७ सय ७८ को कारोबार भएको छ । त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको ६० लाखभन्दा बढिको कारोबार भएको छ भने प्राइम कमर्सियल बैंकको झन्डै ६० लाखको कारोबार भएको छ । यसबाहेक, एनआईसी एशिया बैंक, परवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेपाल दरसञ्चारको ४० लाखमाथिको कारोबार भएको छ । 

चौतारी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै झन्डै ९ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, पुर्णिमा विकास बैंक, सामुदायिक लघुवित्त, उन्नती माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, सिद्धार्थ इक्यिुटी, मिसन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नविल इक्यिुटी फण्ड लगायतका सेयरधनीले कमाएका छन् । 

सिटी एक्सप्रेस फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् । सानिमा इक्यिुटी फण्ड, मिर्मिरे लघुवित्त, नयाँ नेपाल लघुवित्त, ओरेन्टल होटल, फस्स्र्ट माइक्रोफाइनान्स, मिथिला लघुवित्त, अपी पावर कम्पनी, छाङदी हाइड्रोपावर, मल्टीप्रपोज फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 
 

Ad