January 31st, 2019

आर्थिक विकास र गरीबी निवारणको अस्त्रको रुपमा वित्तीय समावेशीकरण 

बैंकिङ खबर हिजोआज वित्तीय समावेशीकरणका विषयमा माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारी निकायहरुले प्राथमिकता र चासो दिएको पाइन्छ । वित्तीय समावेशीकरणले औपचारिक वित्तीय प्रणाली प्रतिको सहज पहुँच, उपलब्धता र उपयोगलाई जनाउँछ । त्यसैले सरकारी निकायहरुले वित्तीय समावेशीकरणमा ध्यान दिएको पाइन्छ ।  वित्तीय समावेशीकराण्ले वित्तीय सेवाको माग र आपूर्ति दुवै पक्षलाई समेट्छ । 

वित्तीय समावेशीकरण अन्तर्गत विभिन्न वित्तीय संस्थामा उपलब्ध हुने वित्तीय सेवामा सर्वसाधारणको सहज र व्यापक पहुँचको सुनिश्चितता हुन्छ । 

समावेशी वित्तीय प्रणालीले अनौपचारिक कर्जा व्यवहारलाई निरूत्साहित गरी मुलुकको गरीबी र आर्थिक असमानता कम गर्न सघाउ पु-याउँछ । बचत, भुक्तानी, कर्जा र बीमा लगायतका वित्तीय सेवा र तिनको गुणस्तर, उपलब्धता, स्थायित्व तथा उपभोक्ता संरक्षणजस्ता विषयलाई वित्तीय समावेशीकराणले समेटेको हुन्छ । 

नेपाल सरकारले वित्तीय समावेशीकरणलाई आर्थिक विकास र गरीबी निवारणको मेरुदण्ड मानेर सन् २०२२ सम्ममा विकासशील राष्ट्र र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न प्रयास गरेको छ । 

नेपाल राष्ट्र बैंकले पनि वित्तीय समावेशीकारणलाई आफ्नो रणनीतिक योजना अनुसार प्रथामिकतामा राखेको छ । राष्ट्र बैंकले वित्तीय साक्षरता र वित्तीय पहुँचको माध्यमबाट सघन वित्तीय समावेशीकरणको प्रवद्र्धनमा जोड दिएको छ ।

राष्ट्र बैंकले लघुवित्त संस्थालाई न्यून लागतमा विपन्न वर्ग कर्जा प्रवाह गराउन ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई निर्देशन दिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार हुँदै गएपछि वित्तीय पहुँच समेत बढ्दै गएको छ । शाखारहित बैंकको प्रवर्द्धन र मोबाइल बैकिङको प्रयोगले वित्तीय साक्षरतामा सघाउ पुर्याएको छ । बैंकिङ क्षेत्रको विकाससँगै बीमासम्बन्धी जागरूकता पनि बढेको छ । किनभने, पछिल्लो समय बैंकहरुले बैंकास्योरेन्स मार्फत बीमा सम्बिन्धि सेवा दिदै आएका छन् । 

बैंक तथा वित्तीय संस्थाहरूलले प्रवाह गर्ने कर्जाको निश्चित अंश उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने, घरेलु तथा साना उद्योगलाई विशेष पुनर्कर्जा सुविधा, ग्राहक संरक्षण, बैकिङ र शाखारहित बैकिङ सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै आएको छ । यसले वित्तीय समावेशीकरणको विकासमा टेवा पुर्याएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]