बैंकिङ खबर । एनएमबि बैंक र वन टु वाचबीच वन टू वाचका लगानी कम्पनीलाई फाइनान्सिङ व्यवस्था दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र वन टू वाचका तर्फबाट प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कले हस्ताक्षर गरे ।
सम्झौताअनुसार दुवै निकायले ब्रिजफाइनान्सिङ अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।
वन टु वाचले लगानीको अवसर सम्भावना भएका कम्पनीहरूको पहिचान गर्ने गर्दछ । साथै, कम्पनीलाई विदेशी लगानीकर्ताबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने काम गर्नेछ ।
बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई विदेशी लगानीको स्वीकृति नपाउन्जेलसम्मको फाइनान्सिङ उपलब्ध गराउने छ । एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरुलाई आवश्यक पर्ने वित्तीय अभाव पुरा गर्ने लक्ष्य लिएको बताएको छ ।