Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विश्वमा केन्द्रीय बैंकमाथि दबाब बढेकै हो ?

२०७५ माघ १७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बुलेटिनमा छापिएको एउटा समाचार ‘केन्द्रीय बैंकको स्वायत्तता र स्वतन्त्रता विषयमा ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न’ चर्चाको विषय बनेको छ । नेपाल र भारतका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ट आवासीय प्रतिनिधि एनड्रियास बउरले समयक्रमसँगै विश्वमा केन्द्रीय बैंकको स्वायत्तता बढ्दै गएको चर्चा गर्दै पछिल्लो समयमा विश्वका केन्द्रीय बैंकहरूको स्वायत्ततामाथि दबाब बढ्दै गएको बताएको कुरा राष्ट्र बैंकले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । 

केन्द्रीय बैंकका लागि लक्ष्य निर्धारण स्वायत्तताभन्दा सञ्चालन स्वायत्तता अति महत्वपूर्ण रहेको बताएको कुरा समेत बुलेटिनमा उल्लेख छ। केन्द्रिय बैंकले बउरले केन्द्रीय बैंकको स्वायत्तता मजबुत बनाउन सर्वसाधारणलाई सुसूचित बनाउने, नीतिगत तथा प्रशासनिक निर्णयमा पारदर्शिता कायम गर्ने विषयमा काम गर्न सुझाव दिएको विषय समेत उल्लेख गरेको छ । 

राष्ट्र बैंकको बुलेटिनमा प्रकाशित समाचारको केही अंश 

Ad