Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैँकिङ पहुँच विस्तारका लागि सरकारले ल्यायो यस्तो योजना

२०७३ जेष्ठ १७ गते

coinसरकारले बैंक तथा वित्तीय क्षेत्रलाई हरेक नेपालीको पहुँचमा पुर्याउने भएको छ । खासगरी ग्रामिण भेगका जनता अझै पनि वित्तीय पहुँचबाट टाढा नै रहेका छन् । सोही तथ्यलाई मध्यनजर गर्दै सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई जनजनमा पुर्याउन र यी संस्थाहरुमा जनसहभागीता बढाउन विशेष व्यवस्था गरेको हो ।

शनिबार संसद् बैठकमा बजेट भाषण गर्ने क्रममा अर्थ मन्त्री विष्णु पौडेलले अब राज्यका तर्फबाट दिइने सामाजिक सुरक्षा भत्ता, एकल महिला सुरक्षा भत्तालगायतका भत्ता वितरण बैंकमार्फतमात्रै गर्ने व्यवस्था मिलाएको जानकारी दिए । त्यतिमात्रै नभएर अब सरकारबाट नागरिकले पाउने कुनै पनि सरकारी अनुदान, सम्मान तथा आर्थिक सुविधाहरु पाउनका लागि बैंक खाता खोल्नैपर्ने व्यवस्था गरिएको उनले बताए । यसअघि सामाजिक सुरक्षा भत्ता गाविस, नगरपालिकामार्फत वितरण गरिदै आइएको छ ।