बैंकिङ खबर । सेयर बजारमा परिसूचक नेप्से घटेको छ भने सेन्सेटिभ परिसूचक बढेको छ । बजारमा लगानीकर्ताले सेयर खरिद विक्री घटाउँदा सेयर कारोबार रकम पनि न्यून छ ।
बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम कम हुँदै जाँदा सेइर बजारमा पनि प्रभाव पर्न गएको विश्लेषकहरुको भनाई छ । यसले बजारमा विक्रीचाप बढाउन सक्ने सम्भावना देखाउँछ ।
बुधबार सेयर बजारमा परिसूचक नेप्से एक अंक भन्दा कमले घटेको छ भने सेन्सेटिभ परिसूचक बढेको छ । यसले तुलनात्मक रुपमा राम्रा कम्पनी भन्दा कमजोर कम्पनीका सेयर मूल्यले नेप्से परिसूचक प्रभावित भएको देखाउँछ ।
नेप्से १ हजार १ सय ६० दशमलव ५९ अंकमा बन्द भएको छ । कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार ३० करोड ० लाख भन्दा बढीको कारोबार भएको बजारमा बुधबार १ सय ६ कम्पनीको १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नागरिक लगानी कोषको सेयर कारोबार सबैभन्दाबढि २ करोड ३० लाख भन्दा बढिको भएको छ । उन्नती माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी ७ दशमलव १४ प्रतिशतले कमाएका छन भने सिटि एक्सप्रेस फाइनान्सका सेयरधनीले ७ दशमलव ५१ प्रतिशतले गुमाएका छन् ।
पछिल्लो समय सरकारी खर्च बढन नसक्दा वित्तीय प्रणाली कसिलो बन्दै गएको र कर्जामा ब्याजदर नघटने पक्का भएपछि ऋण लिएर लगानी गर्ने लगानीकर्ताको चहलपहल घटेको छ । जसका कारण परिसूचक नेप्से दबाबमा छ भने कारोबार रकम पनि प्रभावित भएको छ ।