Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तको मुनाफा १६२ प्रतिशतले बृद्धि

२०७५ माघ १६ गते

बैंकिङ खबर। ११ करोड ४ लाख ५७ हजार रुपैयाँ चुक्तापूँजी रहेको ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ९६ लाख ७ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १ सय ६२ दशमलव ४७ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ७४ लाख ७० हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १४ करोड ३१ लाख ६७ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ९ करोड १३ लाख १९ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड १८ लाख ४७ हजार रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा ५६ करोड ६४ लाख ९६ हजार रुपैयाँ बचत संकलन गरी  २ अर्ब २० करोड ४४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा १३४ दशमलव ६५ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी २३२ दशमलव ४० प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २४ करोड १४ लाख २१ हजार रुपैयाँ बचत संकलन गरी ६६ करोड ३१ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १० दशमलव ४० प्रतिशत, खराव कर्जा शुन्य दशमलव ५३ प्रतिशत, कस्ट अफ फण्ड १० दशमलव १६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ७३ पैसा र प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा रहेको छ ।
 

Ad