सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब १९ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको १९ लाख ९१ हजार ८ सय ५ कित्ता शेयर ५ हजार ५ सय ५३ पटक खरिदविक्रि हुँदा १ अर्ब १९ करोड ६० लाख ५१ हजार ९ सय ५७ रुपैँया बराबरको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा थोरै बढी हो । आइतबार १ अर्ब १८ करोडको शेयर कारोबार भएको थियो ।
कुल कारोबार रकममध्ये, सानिमा बैँकको मात्रै १० करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन्स बैँकको शेयरमा पनि लगानीकर्ताको राम्रंो आकर्षण देखिएको छ । बैँकको ९ करोड ८१ लाखमासथको शेयर कारोबार भएको छ । यी दुबै बैँकले छिट्टै नै हकप्रद शेयर जारी गर्न लागेका छन् । त्यस्तै, चिलिमे हाइड्रोपावरको ६ करोड ८२ लाख, नेशनल हाइड्रोपावर कम्पनिको ५ करोड ६७ लाख र युनाइटेड इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैँयाको कारोबार भएको छ । बुटवल पावर कम्पनि, लुम्बिनी जेनेरल इन्स्योरेन्स र एनबी बैँकको ३ करोडमाथिको शेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतको साढे २ करोडभन्दा माथिको शेयर कारोबार भएको छ ।
कञ्चन डेभलपमेन्ट बैँक, नमस्ते वित्तीय संस्था र मेगा बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने कर्णाली डेभलपमेन्ट बैँकका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । युनिलिभर नेपाल, एभरेष्ट इन्स्योरेन्स, नविल ब्यालेन्स फन्ड १, बुटवल पावर कम्पनि, लुम्बिनी जेनेरल इन्स्योरेन्स, एनआईबीएल समृद्धि फन्ड १ लगायतका लगानीकतार्चले पनि धेरै कमाएका छन् । गुमाउनेमा इनोभेटिभ डेभलपमेन्ट बैँक, पेसिफिक डेभलपमेन्ट बैँक, युनिक फाइनान्स, साझा विकास बैँक, मिसन डेभलपमेन्ट बैँक लगायत छन् ।
सोमबारको नेप्से परिसूचक ४.७१ अंकले बढेर १५२६.९६ अंकमा कायम भएको छ । कारोबार भएका समूहहरुमध्ये, वाणिज्य बैँक, होटल, विकास बैँक र बिमा समूह घटेपनि उत्पादनमूलक समूह धेरै अंकले बढेपछि त्यसको प्रभाव समग्र बजारमा देखिएको हो । उत्पादनमूलक समूह १३३.८८ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ७६.८९, १२.६९ र ९.४ अंकले बढेका छन् । होटल समूह सबैभन्दा धेरै १३.१६ अंकले बढेको छ भने विकास बैँक, बिमा र वाणिज्य बैँक क्रमशः ११.८४, ६.६५ र ०.५ अंकले घटेका छन् ।