May 31st, 2016

ओम डेभलपमेन्ट बैँकमा १५ जनालाई रोजगारीको अवसर 

omओम डेभलपमेन्ट बैंकले १५ जना कर्मचारी माग गरेको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको बैँकले ट्रेनी एसिस्टेन्ट पदका लागि १४ र सुपरभाइजरका लागि १ जना कर्मचारी माग गरेको हो । दरखास्त दिने अन्तिम मिती ८ जुन अर्थात् जेठ २६ गते रहेको छ । इच्छुक व्यक्तिले लिखित निवेदनसहित बायो डाटाको प्रतिलिपी, भर्खरै खिचेको पासपोर्ट साइजको फोटोसहित बैँकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । साथमा २ जना साक्षी पनि ल्याउनुपर्ने बैँकद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।  

एसिस्टेन्ट पदका लागि स्थानीयलाई प्राथमिकता दिइने बैँकले जनाएको छ । यस पदका लागि विजनेस मेनेजमेन्ट तथा एडनिनिस्ट्रेसनमा स्नातक तह उतिर्ण भएको हुनपर्ने बताइएको छ । एमबीए गरेकोलाई प्राथमिकतामा राखिने समेत बताइएको छ । त्यस्तै, सुपरभाइजर पदका लागि कुनै पनि विषयमा स्नात्तकोत्तर उतिर्ण हुनुपर्ने र एमबीए गरेकोलाई प्राथमिकतामा राखिने बताइएको छ । साथै, सम्बन्धित क्षेत्रमा २ वर्ष काम गरेको अनुभव समेत भएकाले यस पदका लागि आवेदन दिन सक्नेछन् ।