बैंकिङ खबर । घलेम्दी हाइड्रोको सेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ । घलेम्दी हाइड्रोका तर्फबाट संचालक नारायण बाबु अधिकारी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।
घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण सेयर आइपिओ निश्काशन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।
सहमतीसँगै कम्पनीको साधारण सेयर सुचिकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम सेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।