January 28th, 2019

इन्टरनेट बैंकिङबाट पाउन सकिन्छ यस्तो सुविधा 

बैंकिङ खबर । इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटर तथा मोबाइलबाट लिन सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने)जस्ता सुविधाहरु इन्टरनेट बैकिङबाट पाउन सकिन्छ । 

इन्टरनेट बैंकिङ कसरी लिने ?
बैंकमा खाता खोल्दा भरिने फर्ममा इन्टरनेट बैंकिङ सम्बन्धी सेवा लिन माग गर्नुपर्छ । त्यसपछि बैंकलाई 
उपलब्ध गराएको इमेल ठेगानामा इन्टरनेट बैंकिङ खोलिएको सूचना आउँछ । इमेलमा युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि अन्य प्रकृयाहरुको बारेमा सूचना पाउन सकिन्छ । सोही अनुसार इन्टरनेट बैंकिङको प्रयोग गर्न सकिन्छ । 

इन्टरनेट बैंकिङ लिएपछि जान्नुपर्ने कुराहरु  
इन्टरनेट बैंकिङको लिंकमा क्लिक गरेर लगइन पेजमा जाने
इमेल मार्फत प्राप्त गरेको युजरनेम र पासवर्ड प्रविष्टि गर्ने । 
पहिलो पटक प्रयोग गर्दा  एप्लिकेसनले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा पासवर्ड बैंकको पासवर्ड पोलिसि अनुसार हुनुपर्दछ ।
धेरै पटकसम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । 
नयाँ पासवर्ड राखेपछि फेरी लगइन गरी इन्टरनेट बैंकिङको प्रयोग गर्न सकिन्छ । 

ध्यान दिनुपर्ने कुराहरु
आफ्नो युजर नेम र पासवर्ड अरुलाई नदिने 
सम्भव भएसम्म निजी कम्प्युटरबाट मात्र ईबैंक सेवा उपभोग गर्ने ।
आफ्नो कार्य सकिएपछि लग आउट गर्ने ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]