बैंकिङ खबर । आइतबार सेयर बजार १०.६८ अंकले घटेर १,१६२.०९ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ९३.७५ अंकले घटेको छ ।
दिनभरिमा १६४ वटा कम्पनीको ११ लाख ८५ हजार ८ सय कित्ता सेयर ६ हजार ७ सय ३० पटक खरिदविक्री हुँदा ३४ करोड ३ लाख ७१ हजार १ सय २७को कारोबार भएको छ । सबैभन्दा धेरै ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बेंक, जनता बैंक प्रोमोटर सेयर, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक, एनएमबि बैंकको एक करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्सको ९० लाखमाथिको कारोबार भएको छ भने, लक्ष्मी बैंकको ८७ लाख ९८ हजार ४ सय ४८को कारोबार भएको छ ।
समता माइक्रोफाइनान्स र कन्काई विकास बैंकका सेयरधनीले ३ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले दुई प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, सामुदायिक लघुवित्त, युनाइटेट फाइनान्स, आरएसडिसी लघुवित्त, प्राइम कमर्सियल बैंक, रिडी हाइड्रोपावर, अरुन भ्याली हाइड्रोपावर, गोर्खाज फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।
छाङदी हाइड्रोपावरका सेयरधनीले ६ प्रतिशतले गुमाएका छन् । जनता बैंक प्रोमोटर सेयर, बरुन हाइड्रोपावर, लक्ष्मी लघुवित्त, रिलायन्स फाइनान्स, ग्लोबल आईएमइ लघुवित्त, नेशनल हाइड्रोपावर, श्रीइन्भेष्टमेन्ट फाइनान्स, अपर तामाकोशी, फरवार्ड कम्युनीटि माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।