सिटिजन्स बैँक इन्टरनेशनलले ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सिटिजन्सले यही जेठ २४ गते हकप्रद शेयर जारी प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । जेठ २३ गतेसम्म शेयर किन्नेले सिटिजन्सको हकप्रद भर्न पाउने छन् । सिटिजन्सले हकप्रदको बिक्री कहिलेदेखि हुने भन्ने कुरा भने खुलाएको छैन । सिटिजन्स बैँक खराब कम्पनीहरुलाई कौडीको भाऊमा किनेर क्रमबद्ध प्रगति गर्दै गएको वाणिज्य बैंक हो ।
प्रति कित्ता १०० रुपैयाँ मूल्यमा हकप्रद शेयर जारी गर्न चाहने बैंक तथा बित्तीय संस्थाहरुका लागि धितोपत्र बोर्डले प्रक्रियागत छुट दिएपछि हकप्रद जारी हुने क्रम तीब्र बनेको छ । क्रेडिट रेटिड. नगरी धितोपत्र बोर्डमा हकप्रद जारी गर्न आबेदन गर्न सकिने, आबेदन गरेको बढीमा १५ दिनमा बोर्डबाट स्वीकृति पाउन सकिने भएकाले बैंक तथा बित्तीय संस्थाहरु हकप्रद जारी गर्न तछाड मछाड गर्न थालेका छन् ।




