May 30th, 2016

टर्की पुगेर निजी क्षेत्रको यसरी प्रशंसा गरे आईएमई अध्यक्ष ढकालले 

programग्लोबल आइएमई बैंक तथा आइएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । टर्कीको अन्ताल्यामा आयोजित इस्तान्बुल प्रोग्राम अफ एक्सनको विकासका लागि संकट तथा चुनौतिहरुमा आर्थिक श्रोतहरुको सदुपयोग कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले गरिबी न्यूनीकरण गर्न, राजश्व बढाउन, वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । अति कम विकसित राष्ट्रहरुबाट नीजि क्षेत्रको प्रतिनिधिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका ढकालले विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको पनि बताए । त्यस्तै, सार्वजनिक निजी साझेदारीको माध्यमबाट नेपाललगायत अन्य अतिकम विकसित देशहरुले दिगो आर्थिक बृद्वि हाँसिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई कम गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनु पर्ने उनले बताए । उनले नेपाल जस्ता अतिकम बिकसित मुलुकहरुमा आर्थिक बिकासका लागि रेमिटेन्स तथा रेमिटेन्सबाट सिर्जित लगानीकोे निकै महत्वपूर्ण भूमिका रहेको समेत उल्लेख गरे ।
 
उक्त कार्यक्रम अति कम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्यका साथ सन् २०११ माटर्कीको इस्तानबुलमा बसेको संयुक्त राष्ट्र संघको चौथो सम्मेलनले पारित गरेका कार्ययोजना कार्यान्वयनको मध्यावधि समीक्षामा केन्द्रीत थियो । उक्त एक दिवसीय विशेष समीक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदूत लगायत नागरिक समाज, गैर सरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।