बैंकिङ खबर । विहीबार सेयर बजार एकभन्दा कम अंकले घटेर १,१७२.७८ अंकमा कायम भएको छ । बैंकिङ, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समुह बाहेक सबै उपुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १७.२७ अंकले बढेको छ ।
दिनभरिमा १६२ वटा कम्पनीको ९लाख ९२ हजार ९ सय ३० कित्ता सेयर ६ हजार १सय १ पटक खरिदविक्री हुँदा ३१ करोड ५४ लाख ५१ हजार १सय ४को कारोबार भएको छ ।
अपर तामाकोशी र नागरिक लगानी कोषको सबैभन्दा धेरै ३ कारोडमाथिको कारोबार भएको छ । त्यसैगरी, प्रभु बैंक, हाइड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र छिमेक लघुवित्तको एक करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक र शिखर इन्स्योरेन्सको ८० लाखमाथिको कारोबार भएको छ भने,एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंकको ६० लाखमाथिको कारोबार भएको छ ।
सबैभन्दा धेरै नागरिक लगानी कोष र कन्काई विकास बैंकका सेयरधनीले ४ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । तिनाउ डेभलपमेन्ट बैंक, फरवार्ड कम्युनीटि माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, गुडविल फाइनानस, नाङदी गु्रप, राष्ट्रिय बीमा कम्पनी, बरुन हाइड्रोपावर लगायतका सेयरधनीले कमाएका छन् ।
जनता बैंक प्रोमोटर सेयरका सेयरधनीले सबैभन्दा धेरैले गुमाएका छन् । यसबाहेक, नेपाल सेवा लघुवित्त, सानिमा इक्टिी फण्ड, सेन्ट्रल पलाइनान्स, नागवेली लघुवित्त, युनाइटेट इन्स्योरेन्स, गीन डेभलपमेन्ट बैंक, विजय लघुवित्त, अपी पावर कम्पनी, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।