प्रभु बैंकले साढे ३ लाख कित्ता शेयर बोलकबोलमा विक्रि गर्ने भएको छ । बैँकले हकप्रदमा नबिकेको ३ लाख ४१ हजार ८ सय ८६ कित्ता शेयर बोलकबोलमार्फत विक्रि गर्न लागेको हो । बैँकले विक्रि गर्न लागेको शेयरमध्ये संस्थापक तर्फ १ लाख ५७ हजार २ सय ७१ र सर्वसाधारण तर्फ १ लाख ८४ हजार ६ सय १४ कित्ता रहेको छ ।
कहाँ र कसरी दिने आवेदन ?
प्रभुले संस्थापक तथा साधारण शेयरका लागि प्रतिकित्ता न्युनतम बोलकबोल मुल्य १ सय रुपैंया तोकेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्रोमर मर्चेण्ट बैंकरको कार्यालय दरबारमार्गबाट प्रतिआवेदन १ सय रुपैंयाका दरले फारम लिन सकिने छ । बोलपत्र आवेदन जेठ ३२ देखि खुलेर असार १५ गते बन्द हुनेछ । संस्थापक शेयरको बाँडफाँड असार १६ गते बिहान ११ बजे तथा सर्वसाधारणको सोही दिन मध्यान्ह १ बजे प्रभु बैंकको कमलादी शाखामा खोलिने बताइएको छ ।