January 24th, 2019

प्रभु बैंकको नाफामा ७० प्रतिशतको बृद्धि

बैंकिङ खबर । प्रभुु बैंकले आर्थिक वर्ष २०७५ ७६को ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । चालु वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा  १ अर्ब ८ करोड पुगेको छ ।  

८ अर्ब २३ करोड चुक्ता पुँजी भएको बैंकको जगेडाकोषमा ५ अर्ब ६० करोड रहेको छ । यो रकम अघिल्लो बर्षमा ४ अर्ब ८५ करोड थियो । बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब १५ करोड रुपैंया कर्जा लगानी गरेको छ ।

सीसीडी अनुपात ७६.५९ प्रतिशत रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.४७ प्रतिशत, कस्ट अफ फण्ड ६.१९ प्रतिशत, बेसरेट ९.३७ प्रतिशत तथा मूल्य आम्दानी अनुपात ९.६८ प्रतिशत कायम भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]