बैंकिङ खबर । बुधबार सेयर बजार ४.१५ अंकले बढेर १,१७२.९८ अंकमा कायम भएको छ । उत्पादनमुलक र जिवन बीमा समुह बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेर नीर्जिवन बीमा समुह ५८.०६ अंकले बढेको छ ।
दिनभरिमा १६३ वटा कम्पनीको १० लाख २ हजार एक सय ७ कित्ता सेयर ५ हजार ५ सय २३ पटक खरिदविक्री हुँदा २४ करोड ७७ लाख ४३ हजार १ सय ५५को करोबार भएको छ ।
अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै तीन करोडमाथिको कारोबार भएको छ भने माछापुच्छ्रे बैंकको एक करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोषको ९३ लाख ४९ हजार ३ सय ५३को कारोबार भएको छ । यसबाहेक, एभरेष्ट बैंक। सिभिल बैंक, लुम्बीनी विकास बैंक, स्ट्न्डर्ट चाटर्डर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंकको क्रमशः ७१ लाख ४८ हजार २ सय २८, ६५ लाख ५७ हजार ४४, ६५ लाख १७ हजार १ सय ६७, ५६ लाख ९० हजार ४ सय १९, ५१ लाख ८० हजार ४ सय ५८, ५१ लाख २९ हजार ४ सय १४को कारोबार भएको छ ।
सानिमा इक्टिी फण्डका सेयरधनीले सबैभन्दा धेरै ९.८९ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, आखुखोला जलविद्युत कम्पनी, अपर तामाकोशी, मिर्मिरे लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त, लुम्बिनी विकास बैंक लगायतका सेयरधनीले कमाएका छन् ।
जोशी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, तिनाउ विकास बैंक, बरुन हाइड्रोपावर, नाङदी ग्रुप लगायतका सेयरधनीले गुमाएका छन् ।