कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैँकले २ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद बैँकको आगामी विशेष साधारणसभाले पारित गर्नेछ । बैँकको साधारणसभा असार ४ गते बस्दैछ । हाल बजारमा कञ्चन डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।