Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा सामान्य अंकको बृद्धि, २९ करोडमाथिको कारोबार

२०७५ माघ ८ गते

बैंकिङ खबर । मङगलबार सेयर बजार ०.७८ अंकले बढेर १,१६८.८३ अंकमा कायम भएको छ । हाइड्रोपावर, फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६७.६८ अंकले बढेको छ । 

दिनभरिमा १५६ वटा कम्पनीको १० लाख २४ हजार ६ सय १५ कित्ता सेयर ७ हजार ४ सय ८८ पटक खरिदविक्री हुँदा २९ करोड २२ लाख १४ हजार ३ सय ४५ को कारोबार भएको छ । 

सबैभन्दा धेरै अपर तामाकोशीको ५ करोढमाथिको कारोबार भएको छ । माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष र नेपाल बैंकको एक करोमाथिको कारोबार भएको छ । यसबाहेक, प्रभु बैंक, छिमेक लघुवित्त, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर, प्राइम कमर्सियल बैंकको क्रमशः ९८ लाख ५७ हजार ८ सय ६०, ९७ लाख ५६ हजार ६ सय ९०, ९० लाख ६२ हजार ८ सय २८, ८१ लाख ३२ हजार २ सय १६, ७९ लाख ८० हजार ७८ लाख ४ हजार २ सय ६९को कारोबार भएको छ । 

समता माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.५१ प्रतिशतले कमाएका छन् । यसबाहेक, लाइफ इन्स्योरेन्स, नागवेली लघुवित्त, नेशनल हाइड्रोपावर, सिभिल लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, रिलायन्स फाइनान्स, फरवार्ड कम्युनीटि माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

कञ्चन डेभलपमेन्ट बैंक र नेपाल हाइड्रो डेभलपर्सका सेयरभनीले ९ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, युनीलिभर कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त, माहुली सामुदायिक लघुवित्त, नविल समृद्धि फण्ड, पोखरा फाइनान्स, खानीखोला हाइड्रोपावर, मिथिला लघुवित्त, वेष्ट फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 
 

Ad