January 21st, 2019

ब्याजदरले छोडेन सेयर बजारलाई, परिसूचकमा गिरावट कायमै

बैंकिङ खबर । सेयर बजारमा परिसूचक नेप्से घटेको छ । नेप्से १० दशमलव ८६ अंकले घटेर १ हजार १ सय ६८ दशमलव ०६ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १ दशमलव ८७ अंकले घटेर २ सय ४७ दशमलव ६१ अंकमा बन्द भएको छ ।

कारोबारमा आएका १ सय ६६ कम्पनीहरुको ३६ करोड ७७ लाख ६ हजार रुपैयाँ बराबरको १२ लाख ६५ हजार कित्ता सेयर खरिदविक्री भएको छ । सोमबार बजार खुलेदेखि नै परिसूचक नेप्सेमा गिरावट आएको थियो । जसका कारण विक्रीचाप बढेको थियो । फाइनान्स समूह बाहेक सबै समूहका सूचकहरु ऋणात्मक हुँदा नेप्से दबाबमा परेको देखिन्छ ।

माथिल्लो तामाकोशीको सेयर कारोबार सबैभन्दा बढि १० करोड ९१ लाख रुपैयाँको भएपनि सेयर मूल्यमा भने झण्डै १०  प्रतिशतको गिरावट आएको छ । सबैभन्दा बढि गोर्खाज फाइनान्सका सेयरधनीले झण्डै ५ प्रतिशतले कमाएका छन् ।

बैंक तथा वित्तीय बजारमा निक्षेपको ब्याजदर घटेपनि कर्जामा अझै घटन नसक्दा सेयर बजार प्रभावित भएको देखिन्छ । पुष महिनामा सरकारी ढुकुटिमा १ खर्ब भन्दा बढि रुपैयाँ करबापत गएकाले बैंक तथा वित्तीय बजारमा तरलता कसिलो नै छ । त्यसैले पनि ब्याजदरमा तत्काल कमि आउने सम्भावना नदेख्दा लगानएकर्ताले सेयरको विक्री चाप बढाएका छन् । त्यसैले नेप्से परिसूचक  अझैपनि  घटदो क्रममा नै देखिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]