सानिमा बैंकले ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैँकलाई आइतबार अनुमति दिएको हो । बैँकले हकप्रद निष्कासनको सूचना यसै साताभित्र सार्वजनिक गर्ने जनाएको छ । बैंकले २ः१ अनुपातमा १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर हकप्रद सेयर जारी गर्न लागेको हो ।
हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । हकप्रद निष्कासनपश्चात बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।




