January 16th, 2019

मुनाफा बढाएको एनआईसी एशियाको अन्य सूचक कस्तो ?

बैंकिङ खबर । अघिल्लो वर्षको तुलनामा एनआईसी एशिया बैंकले मुनाफामा ठुलो फड्को मारेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो छ महिनाको अवधिमा कुल १ अर्ब ५१ करोड १४ लाख ५९ हजार खुद मुनाफा कमाएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५७ करोड १७ लाख ९४ हजार मुनाफा कमाएको थियो । बैंकले गतवर्षको  भन्दा ९३ करोड ९६ लाख ६५ हजारले  रुपैयाँले मुनाफामा बृद्धि गरेको हो ।

निक्षेप र कर्जाको अवस्था
८ अर्ब ८३ करोड ४२ लाख २९ हजार चुक्ता पूँजी भएको बैंकले पुष मसान्त सम्ममा १ खर्ब ७५ खर्ब ७६ करोड ४३ लाख ५६ हजार निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार कर्जा लगानी गरेको छ । निक्षेप संकलन र  कर्जा लगानी पनि गत वर्षको छ महिनामा भन्दा बढेकोछ । गत आर्थिक बर्षको पुष मसान्तसम्ममा १ खर्ब २० अर्ब २३ करोड २१ लाख ११ हजार निक्षेप संकलन गरी १ खर्ब ९५ करोड ४९ लाख २४ हजार रुपैयाँ लगानी गरेको थियो । 

ब्याज आम्दानी
खुद ब्याज आम्दानीमा पनि बैंकले उल्लेख्य बृद्धि गरेको छ । चालु आर्थिक बर्षको पहिलो छ महिनामा ३ अर्ब ६० करोड ७६ लाख १६ हजार खुद ब्याज आम्दानी गरेकोे छ । गत बर्षको सोहि अवधिमा १ अर्ब ५४ करोड ५० लाख २३ हजार आम्दानी गरेको थियो ।

जगेडाकोष र खराब कर्जा
४ अर्ब ४१ करोड १२ लाख ५८ हजार जगेडाकोष रहेको बैंकको गत बर्षको पुष मासान्तको तुलनमा खराब कर्जा भने बढेको छ । गत बर्षमा ०.२६ प्रतिशत खरब कर्जा रहेको बैंकको चालु आर्थिक वर्षमा बढेर ०.३० प्रतिशत पुगेको हो ।

बैंकको आधार ब्याजदर भने घटेको छ । गत बर्ष १०.५५ प्रतिशत रहेको आधार ब्याजदर चालु आर्थिक बर्षमा ९.३३ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७८.७१ प्रतिशत, कस्ट अफ फण्ड ७.१६ प्रतिशत, स्प्रेड रेट ४.९८ प्रतिशत, प्रतिशेयर आम्दानी ४३.३१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४९.९३ रुपैयाँ, र तरलता अनुपात २०.८१ प्रतिशत रहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]