बैंकिङ खबर । बीमा सबै मानिसहरुको लागि अति आवश्यक कुरा हो । बीमा गर्ने कुरामा मानीहरुले धेरै चासो राख्ने गरेको पाइदैन् । तर मावन जिवनमा कति बबेता विपती आउन सक्छ थहा हुदैन् । त्यसकारण बीमा गर्नु हाम्र्रो जिवनको महत्वपुर्ण पार्ट हो । बमिा गरेपछि हरेक दुर्घटना, विपति, तथा विभिन्न भैैपरि आउने क्षेतिबाट बच्न सकिन्छ ।
जसले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ ।
सर्वप्रथम पहिला बीमा गर्दा बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन , आफ्नो आम्दानी कति छ भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।
के क–कति आवश्यकताले बीमा गर्न खोजिएका हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा स्पष्ट हुनुपर्छ ।
बीमा अर्भिकर्ता बीमा समितिबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।
बीमा गर्दा बीमाको विषयवस्तुसँग हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।
कुनै जोखिम सबैभन्दा बढी सम्भाव्य छ र बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।
बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ । कम्तीमा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ । बीमा गरिसकेपछि
बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।
बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ ।
नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणका बीमा शूल्क भुक्तानी गनुपर्छ ।
बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।



