May 29th, 2016

रिडी हाइड्रोपावरको हकप्रद शेयर असार १ गते

ridiरिडी हाइड्रोपावरको हकप्रद शेयर असार १ गतेदेखि खुल्ने भएको छ । कम्पनीले १० बराबर ३.५ का दरले ११ लाख ५५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनि शेयर निष्काशन तथा विक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

कसरी दिने आवेदन ?
यो कम्पनीको जेठ १३ गतेसम्म सेयर किन्ने लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । हकप्रदका लागि आवेदन साउन ४ गतेसम्म खुला रहनेछ । ग्लोबल आइएमई क्यापिटल, जमल र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर थापाथलीमा लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।