May 29th, 2016

हकप्रदमा नबिकेको प्रभु बैँकको शेयर लिलामीमा

prabhu bankप्रभु बैंकले साढे ३ लाख कित्ता शेयर लिलामीमा राखेको छ । बैँकले हकप्रदमा नबिकेको ३ लाख ४१ हजार ८ सय ८६ कित्ता शेयर लिलामीमा राखेको हो । लिलामीमा राखिएको शेयरमध्ये संस्थापक तर्फ १ लाख ५७ हजार २ सय ७१ र सर्वसाधारण तर्फ १ लाख ८४ हजार ६ सय १४ कित्ता रहेको छ ।  

प्रभुले संस्थापक तथा साधारण शेयरका लागि प्रतिकित्ता न्युनतम बोलकबोल मुल्य १ सय रुपैंया तोकेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्रोमर मर्चेण्ट बैंकरको कार्यालय दरबारमार्गबाट प्रतिआवेदन १ सय रुपैंयाका दरले फारम लिन सकिने छ । बोलपत्र आवेदन जेठ ३२ देखि खुलेर असार १५ गते बन्द हुनेछ ।

लिलाम बन्द भए पछि लिलामीमा राखिएको संस्थापक शेयरको बाँडफाँड असार १६ गते बिहान ११ बजे तथा सर्वसाधारणको सोही दिन मध्यान्ह १ बजे प्रभु बैंकको कमलादी शाखामा खोलिने बताइएको छ ।