January 14th, 2019

आशा लघुवित्तद्वारा फिल्ड सहायक कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुइ दिने तालिम सम्पन्न गरेको छ । संस्थाले कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको हो । संस्थाले पौष २९ र ३० गते कोहलपुरमा सम्पन्न तालिममा संस्थाको ५, ६ र ७ नम्बर प्रदेशमा संचालित १८ वटा शाखा कार्यालयहरुमा कार्यरत झण्डै ६० जना फिल्ड सहायक कर्मचारीहरुको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै यस प्रकारका तालिमहरुले फिल्ड कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । 

तालिम प्रशिक्षक आरएमडीसी लघुवित्त वित्तीय संस्थाका कोहलपुर शाखा काप्रबन्धक भरत कुमार सिंहले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धका बारेमा जानकारी दिए । 

 त्यसैगरी आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडाले तथा दिपेन्द्र खनालले संस्थाका ेआन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा फिल्ड कर्मचारीलाई जानकारी दिए । 

हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत ३८ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब  १ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३४ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]