२०७३ जेष्ठ १६ गते

बल्ल सुरु भयो नेप्सेमा मेगा बैँकको शेयर कारोबार

mega bankपश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रिया पुरा गरेको मेगा बैंकको आइतबारदेखि नेप्सेमा शेयर कारोबार सुरु भएको छ । बैंकले पश्चिमाञ्चल डेभलपमेन्टसँगको मर्जर सकाएर वैशाख १३ गतेदेखि संयुक्त कारोबार थालेको थियो । दश प्रतिशत बोनश शेयर दिएको मेगा बैंकको बोनश समायोजन पश्चात प्रतिकित्ता शेयर मूल्य ३ सय ५९ रुपैयाँ तोकिएको छ भने बैंकको आधारमूल्य भने प्रतिकित्ता २ सय ९२ रुपैयाँ तोकेको छ । मर्जर अघि मेगा बैंकको नेप्सेमा प्रतिकित्ता ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । मेगा र पश्चिमाञ्चल गाभिएपछि मेगाको चुक्ता पूँजी ३ अर्ब २५ करोड पुगेको छ ।