तारागाउँ रिजेन्सीको शेयर लिलामको प्रक्रिया रद्ध भएको छ । नेपाल बैंकले एक विज्ञप्ति जारी गर्दै लिलाममा राखेको तारा गाउँ रिजेन्सीको शेयर लिलाम प्रक्रिया रद्ध गरेको जानकारी गराएको हो । साथै बैंकले लिलामको शेयर खरिदका लागि आवेदन दिएका आवेदकलाई बोलपत्र फिर्ता लिन समेत आग्रह गरेको छ ।
बैँकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको सात लाख कित्ता साधारण शेयर लिलाममा राखेको थियो । बैंकले प्रति कित्ता दुई सय रुपैयाँमा नघटाई बोलकबोलमा लिलामीमा राखेको थियो । तारागाउँको शेयर लिलामीको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ती गरेको थियो । पहिलो पटकको लिलामी सूचना प्रकाशित गरेको अवधिभर आवश्यक मात्रामा आवेदन नपरेपछि बैकले पुन म्याद थपेर द्रोस्रो पटक सूचना प्रकाशित गरेको थियो । सो शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा १५ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको थियो ।