बैंकिङ खबर । सेयर बाजरमा अनलाइन प्रणालीबाट कारोबार सुरु भइसक्दा समेत कतिपय लगानीकर्तामा यसको प्रयोग कसरी गर्ने भन्ने द्धिविधा देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुर्ण स्वचालीत अनलाइन कारोबार सुरु गरेपनि पुरानो तरिकाबाट कारोबार गर्न सकिने व्यवस्थालाई भने हटाइसकेको छैन् । तरपनि सेयर कारोबारमा अनलाइन कारोबारको चर्चा उत्तिकै छ ।
अधिकांस लगानीकर्ताले अहिलेपनि सेयर खरिद वा विक्री गर्न ब्रोकर कार्यालय धाउन पर्ने बाध्यता छ । लगानीकर्तालाई खरिद विक्रीका लागि अर्डर दिन र भुक्तानी लिन या दिन फेरि ब्रोकर कार्यालय जाने अवस्था अझै अन्त्य हुन सकेको छैन् । नेपाल स्टक एक्सचेन्जले यस सम्बन्धमा आवस्यक तालिमको व्यवस्था नगरिदिदा लगानीकर्ता अझैपनि अन्योलमा छन् ।
अर्कोतर्फ एक्सचेन्जले अनलाइन कारोबार सुरु गरेकै दिनदेखि सफ्टवेरमा समस्या देखिदा लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन् । नेप्सेले अनलाइन खाता खोल्न बनाएको प्रकृयागत झण्झटका कारण पनि लगानीकर्ताको आकर्षण कम देखिएको छ । घरघरबाटै सेयर कारोबार गर्ने लगानीकर्ताको चाहना अनलाइन कारोबार सम्बन्धि आवस्यक ज्ञान नहुँदा समस्या परेको छ । लगानीकर्ताले घरमै बसीबसी सेयर कारोबार गर्ने विधि जान्नका लागि नेप्सेले टिएमएस युजर मेनुअल सार्वजनिक गरेको छ । तर त्यसलाई राम्रोसँग लगानीकर्ताले बुझ्न सकेका छैनन् ।
हेरौं अनलाइन सेयर कारोबार गर्ने प्रकृया
नयाँ लगानीकाार्ले आफ्नो सम्पूर्ण व्यतिगत विवरण (KYC) , सम्बन्धित ब्रोकरलाई दिनुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित ब्रोकरले तपाइको ACCOUNT र UCC बनाई दिन्छ।
पुरानो लगानीकाार्ले समेत विवरण ब्रोकरलाई उपलब्ध गराई अनिवार्य रुपमा UCC Generation र Account पाउन सकिन्छ ।
व्यक्तिगत लगानीकर्ताले नागरिकता नंबर, नागरिकता जारी मिति र जिल्ला उल्लेख गर्नुपर्छ ।
संस्थागत लगानीकर्ताले कम्पनी दर्ता नम्बर, दर्ता मिति र जिल्ला उल्लेख गर्नुपर्छ ।
अनलाइन कारोबार लगइन कसरी गर्ने
पासवर्ड लिनको लागि तफाई पहिलोपल्ट लगइन गर्दै हुनुहुन्छ भने, तपाइले इमेलमा युजरनेम पाउन सक्नुहुन्छ ।
त्यसपछि Create Password मा Click गर्नुहोस । तपाइलाई उपलब्ध हुने URL मा पासवर्ड कनफर्म गर्नुहोस् ।
Submit मा क्लिक गर्नुहोस र इमेल कन्फर्मेसन आउँछ ।
अब TMS LOGIN गर्न ब्रोकरले दिएको address (URL) प्रयोग गर्नुहोस् ।
DNA Login Order राख्नु अघि ब्रोकरले DNA Login भएको छ छैन हेनुहास् । DNA Login भएको वा नभएको एकिन गर्न तपाईको screen को top right मा हरियो बत्ती बलेको हुनुपर्छ ।
यदि छैन भने तपाइको सम्बन्धित ब्रोकरलाई सम्पर्क गरी DNA Login गर्न लगाउनुहोस् ।
DNA Login नभएको अबस्थामा तपाइले Order Entry गर्दा यस्तो खालको Error Message आउछ “ME not logged in” ।
अर्डर कसरी गर्ने ?
खरिद अर्डर गर्ने तरिका
Order Management -> Buy order मा जानुहोस र तल देखाए अनुसारको Screen बाट लगानीकर्ताले खरिद अर्डर राख्न सक्छन् । यसमा धेरै प्रकारका market sessions हुन्छन । आफ्नो समय अनुसार enable हुन्छ । continuous, pre-open, odd-lot Order राख्न सकिन्छ । तल देखाएजस्तै खरिद गर्नको लागि माथिको दायाँ रहेको निलो रंगको बटनमा क्लिक गर्नुहोस् ।
सम्बन्धित लगानीकर्ताको Client Name र Client Code आफै आउँछ । Order राख्नुभन्दा अगाडी order type select गर्नुहोला । order type दुई प्रकारका हुन्छन् । पहिलो Limit र दोस्रो Market
Limit मा दिएको valid price range अनुसार मूल्य राख्न सकिन्छ । market मा price राख्न मिल्दैन । बजारको मूल्य अनुसार आफै कायम हुन्छ । Instrument Type मा Equity छान्नुहोस् । Security Symbol छान्नुहोस । त्यसपछि यस्तो देख्न सकिन्छ । Order राखिसकेपछि कारोबार सफल भएमो म्यासेज आउँछ ।
अर्डर राखिसकेपछि सम्बन्धित लगानीकर्ताको अर्डर खातामा गएर बस्छ । अर्डरको अवस्था समेत त्यहिं देख्न सकिन्छ । Counter विक्री अर्डर उही मरुल्यमा आउने बित्तिकै (उही तर फरक कित्ता) जस्तो भएपनि पुरै वा आंसिक रुपमा अर्डर मिल्न जान्छ र कारोबार सफल हुन्छ । यदि अर्डर बाँकी भएमा अर्को विक्री उही मूल्यमा आउने बित्तिकै मिल्न जान्छ र कारोबार हुन्छ । अर्डर बाँकी रह्यो र मार्केट बन्द भयो भने तपाइले गरेको खरिद अर्डर समेत खारेज हुन्छ ।
विक्री अर्डर गर्ने तरिका
Order Management -> Sell order मा जानुहोस् र अर्डर राख्न सक्नु हुने छ । खरिद अर्डर राखेजस्तै गर्न सक्नुहुन्छ । सम्बन्धित लगानीकर्ताको नाम र कोड आफै आउँछ । Instrument Type मा Equity छान्नुहोस । Security Symbol छान्नुहोस । त्यसपछि सम्बन्धित trading parameters देख्न सकिन्छ ।
trade quantity, trade price and disclosed quantity (Optional) । disclosed quantity मा राखिएको quantity मात्र देख्न सकिन्छ र कम्तिमा 10% quantity disclosed हुनुपर्छ । validity मा Day छान्नुहोस र Place order मा click गर्नुहोस् ।
अर्डर राखिसकेपछि सम्बन्धित लगानीकर्ताले अर्डर खातामा हेर्न सक्छन् । त्यसपछि जबसम्म काउन्टर खरिद अर्डर उही मरुल्यमा आउने बित्तिकै (उही तर फरक कित्ता) जस्तो भएपनि पुरै वा आंसिक रुपमा अर्डर मिल्न जान्छ र कारोबार सफल हुन्छ । यदि अर्डर बाँकी भएमा अर्को खरिद उही मूल्यमा आउने बित्तिकै मिल्न जान्छ र कारोबार हुन्छ । अर्डर बाँकी रह्यो र मार्केट बन्द भयो भने तपाइले गरेको विक्री अर्डर समेत खारेज हुन्छ ।
त्यसैगरी अर्डर खुल्ला छ भने आफ्नो अर्डरलाई सच्याउन वा खारेज गर्न समेत सकिन्छ । त्यसका लागि edit भन्ने ठाउँमा click गरेर सच्याउन सकिन्छ । त्यस्तै आफ्नो अर्डर खारेज गर्नुप-यो भने cancil order मा गएर खारेज गर्नु पर्छ । आफ्नो अर्डरलाई आंशिक रुपमा समेत खारेज गर्न वा सच्याउन सकिने छ ।