January 11th, 2019

अपर हेवाखोला हाइड्रोपावरको सेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

बैंकिङ खबर । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले २० लाख कित्ता सेयरको सार्वजनिक निष्काशनको लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । 

यस सम्बन्धी सम्झौतामा हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक डेडराज खड्का र एनएमबि क्यापिटलका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन् । 

हाइड्रोपावर कम्पनीको प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ । कम्पनीले ५ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ । 

आगामी मंसिरसम्ममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सेयर जारी गरी फागुन मसान्तभित्रमा सर्वसाधारणको लागि सेयर निष्काशन गर्र्नेे लक्ष्य रहेको कम्पनीले जनाएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]