May 29th, 2016

बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउनुभयो ? अब तपाईले पाउनुहुन्छ यस्तो सुविधा

remitanceसरकारले हुन्डीलाई निरुत्साहीत र बैधानिक रुपमा रेमिट्यान्स (विप्रेषण) पठाउनेलाई प्रोत्साहन गर्ने व्यवस्था गरेको छ ।औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रणालीलाई प्रोत्साहन गर्न सरकारले नयाँ बजेटबाट विशेष छुटको व्यवस्था गर्ने घोषणा गरेको हो । सरकरले शनिबार प्रस्तुत गरेको बजेट भाषणमा बैधनिक तबरबाट रेमिट्यान्स पठाउनेलाई घरजग्गा किनबेच गर्दा पास शुल्कमा २५ प्रतिशत मिनाहा गर्ने घोषणा गरिएको छ । त्यसका लागि रेमिट्यान्स बैधानिक माध्यममबाट पठाएको प्रमाण पेश गर्नुपर्ने छ । अहिले घरजग्गा किन्दा साढे ४ प्रतिशतमात्रै राजश्व सरकारले लिने गरेको छ । बैधानिक माध्यमबाट रकम घर पठाउनेहरुलाई सरकारले बनाउन लागेका बिभिन्न परियोजनामा लगानीको अबसर दिने व्यवस्था मिलाईएको बताएको छ ।