January 9th, 2019

कमजोर रेटिङ भएका कम्पनीले आईपीओ जारी गर्न नपाउने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीहरूले आइपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ । बोर्डले पुँजी बजार सुधार र विस्तारका लागि आवश्यक संशोधित नीति नियम कार्यान्वयनमा ल्याएको हो । जसअनुसार, अब रेटिङ संस्थाबाट न्यून ग्रेड वा रेटिङ गरेका कम्पनीले सार्वजनिक निष्काशन गर्न नपाउने भएका छन् । अब देखि न्यून रेटिङ भन्दा एक स्तर माथिको रेटिङ प्राप्त गरेका कम्पनीले मात्र आइपीओ जारी गर्न सक्ने बोर्डले जानकारी गराएको छ ।

कम्पनीहरूले ऋणपत्र जारी गर्दा कम्तिमा ४० प्रतिशत प्राकृतिक व्यक्ति अर्थात सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि सबैभन्दा न्यून रेटिङ प्राप्त गरेको आइपीओमा मात्र सम्पूर्ण शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था रहेकोमा अब कुनै पनि कम्पनीको न्यूनतमभन्दा एक स्तर माथिको रेटिङ प्राप्त कम्पनीले पनि आइपीओ जारी गर्दा सबै शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था लागू भएको छ ।

त्यस्तै, यसअघि नेटवर्थको चार गुणासम्म भाउ राखेर आइपिओ शेयर जारी गर्न पाइने व्यवस्था रहेकोमा अब आइपीओको प्रिमियम निर्धारण गर्दा अब नेटवर्थको दुई गुणासम्म कायम गर्न सकिने व्यवस्था बोर्डले गरेको छ । 

यसअघि नेटवर्थको चार गुणासम्म बढी भाउ राखेर एफपीओ जारी गर्न सक्ने व्यवस्था रहेकोमा अब एफपीओको प्रिमियम भाउ पनि प्रतिशेयर नेटवर्थ भन्दा बढी नहुने व्यवस्था कायम गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]