बैंकिङ खबर । सेयर बजार २.२९ अंकले बढेर १,१७९.३६ अंकमा कायम भएको छ । फाइनान्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक १२.५७ अंकले बढेको छ ।
दिनभरिमा १६६ वटा कम्पनीको १५ लाख १३ हजार नौ स १२ कित्ता सेयर तीन हजार दुई सय पाँच पटक खरिदविक्री हुँदा ३४ करोड ७८ लाख ७९ हजार चार सय ६९ को करोबार भएको छ ।
छिमेक लघुवित्तको सबैभन्दा धेरै पाँच करोडमाथिको कारोबार भएको छ भने नेपाल बैंकको चार करोडमाथिको कारोबार भएको छ । त्यसैगरी, एनआईसी एशिया, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाडौं, एनसीसी बैंक र प्राइम कमर्सियल बैंकको एक करोमाथिको कारोबार भएको छ । यसबाहेक, नेपाल इन्भेष्टमेन्ट बैंकको ९४ लाख ९७ हजार तीन सय ५२ को कारोबार भएको छ भने सानिमा बैंकको ७३ लाख ९९ हजार चार सय ९७ को कारोबार भएको छ ।
सबैभन्दा धेरै भार्गव विकास बैंकका सेयरधनीले ५.९७ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, हिमालयन पावर पार्टनर, हिमालयन डिस्लीटरी, नाङदी ग्रुप, मितेरी विकास बैंक, पञ्चकन्यामाई हाइड्रोपावर, कालिका लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, एनएमबि माइक्रोफाइनान्स, छाङदी हाइड्रोपावर लगायतका सेयरधनीले कमाइका छन् ।
हाथवे फाइनान्सका सेयरधनीले ३.२ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, सानिमा इक्टिी फण्ड, आइसीएफसी फाइनान्स, शप्तकोशी डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, नागवेली लघुवित्त, गोर्खाज फाइनान्स, एनएमबि हाइब्रिट फण्ड, नविल समृद्धि फण्ड र प्राइम कमर्सियल बैंक प्रोमोटर लगायतका सेयरधनीले गुमाएका छन् ।