Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आयोजना प्रभावितकालागि आइपिओ जारी गर्दै शिवश्री हाइड्रोपावर

२०७५ पुष १९ गते

बैंकिङ खबर । सिन्धुपाल्चेकमा निर्माणाधिन आजोजना प्रभावितको लागि शिवश्री हाइड्रोपावर कम्पनीले पुस २७ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १४ लाख ७६ हजार चार सय कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले ३६ लाख ९१ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने योजनामा रहेकोमा पहिलो चरणमा प्रभावित क्षेत्रका वासिन्दाको लागी एक सय रुपैयाँको दरले १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गरे पश्चात २२ लाख १४ हजार छ सय कित्ता प्राथमिक सेयर सर्वसाधारणको लागि निष्काशन गर्ने कमपनिले जनाएको छ ।

प्रभावितको लागी खुल्ला गर्न लागेको साधारण सेयरमा प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका प्रभावित बासिन्दाले मात्र आवेदेन दिन पाउने कम्पनीले बताएको छ ।

सिन्धुपाल्चोक जिल्लामा कम्पनिले अहिले २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरीरहेको छ । आयोजनाको निर्माण कार्य करीब ९६ प्रतिशत सकिसकेको र अब केहि समय भित्रनै निमार्ण कार्य सकिने अवस्थामा पुगेको छ । 

भुकम्प तथा प्राकृतिक प्रकोपका कारण आयोजनको लागत बढ्दै जाँदा सुरुमा प्रति मेगावाट लागत १३ करोड ६० लाख  रुपौयाँ अनुमान गरेकोमा बढेर १८ करोड २० लाख पुगेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त  गरिसकेको छ । 

आइपिओ निष्काशनको अन्तिम तयारीमा रहेको कम्पनीको इक्रा रेटिङ ग्रेड ४ रहेको छ । प्रभावित क्षेत्रका बासिन्दाले सिन्धुपाल्चोक जिल्लामा रहेका बैंकहरु सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र शिव श्री हाइड्रोपावरको कार्यालय भोटेकोशी र अनामनगर तथा सिद्धार्थ क्यापिटल नक्सालबाट माघ ११ गते भित्र आवेदन दिइसक्नुपर्नेछ ।


 

Ad