बैंकिङ खबर । अपी हाइड्रोपावर कम्पनी लिमिटेडले एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले दुई अर्ब २६ करोड आठ लाख रुपैया बराबरका दुई करोड २६ लाख आठ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड चार लाख रुपैयाँ रहेको छ । उक्त सेयर निष्काशनपछि चुक्ता पुँजी तीन अर्ब ३९ करोड १२ लाख रुपैया पुग्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।