२०७३ जेष्ठ १५ गते

सामाजिक सुरक्षा भत्ता अब बैँकको खातामा

bhattaसामाजिक सुरक्षा भत्ता अब बैँक खातामा उपलब्ध गराइने भएको छ । आर्थिक वर्ष २०७३/०७४ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता बैँक खातामा उपलब्ध गराइने बताएका हुन् । यसका लागि निशुल्क बैँक खाता खोल्ने अभिषन चलाइने समेत अर्थमन्त्री पौडेलले बताए । त्यस्तै सामाजिक सुरक्षा भत्ता दोब्बर बनाइएको र यसका लागि ३२ अर्ब ७० करोड रुपैँया विनियोजन गरिएको उनले बताए । सामाजिक सुरक्षा भत्ताअन्तर्गत, वृद्ध भत्ता, एकल महिला भत्ता, अपांग भत्ता लगायत पर्दछ । यस्तो भत्ता बैँक खातामार्फत उपलब्ध गराउँदा बैँकिङ पहुँचको विस्तारमा समेत सघाउ पुग्ने हुन्छ ।