बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ‘लघुवित्त अभियान तथा यसको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष बिन्दीया प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी, शिक्षक, ऋणी सदस्यहरु, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, समाजसेवी लगायत समाजका भद्र भलाद्मीहरु सहित १०१ जनाको सहभागीता थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले लघुवित्तको भूमिका, प्रभावकारीता, वित्तीय साक्षरता लगायत समग्र बैकिङ्ग बजार एवं सहभागीहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।
कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, इलाका प्रहरी कार्यालयका प्रमुख उद्धव पोख्रेल, मच्छिन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रमोद पाठक तथा वोमी माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा डेपुटी गभर्नर शिबराज श्रेष्ठले वोमी माइक्रोफाइनान्सको जिंगल तथा सुलभ ब्याजदर लगायतको सुविधाजनक ब्लू स्टार र रेड स्टार ब्याचको बिमोचन गरे ।
साथै, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उष्कृष्ट महिला समुहलाई पुरस्कृत समेत गरे ।