बैंकिङ खबर । विहीबार सेयर बजार १.०८ अंकले घटेर १,२१५.१६ अंकमा कायम भएको छ । उत्पादनमुलक, अन्य र जिवन बीमा कम्पनी बाहेक सबै उपसुचक घेटेका छन् । सबैभन्दा धेरै होटल समुहको ६३.६३ अंकले घटेको छ ।
दिनभरिमा १७४ वटा कम्पनीको २८ लाख ७२ हजार पाँच सय ५१ कित्ता सेयर दश हजार चार सय छ पटक खरिदविक्री हुँदा एक अर्ब १२ करोड ९९ लाख ६९ हजार दुई सय नौ को कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १४ करोमाथी कारोबार भएको छ । नेको इन्स्योरेन्स, प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स, छिमेक लघुवित्त र सानिमा बैंकको क्रमश : दुई करोडमाथीको कारोबार भएको छ । यसबाहेक, नेपाल बैंक, ग्लोबल आईएमई बैंकm नेशनल लाइफ इन्स्योरेन्स र एनसीसी बैैकको क्रमशः आठ करोड २६ लाख १८ हजार ७०, पाँच करोड ३६ लाख ४३ हजार पाँच सय एक, चार करोड ३१ लाख ८२ हजार एक सय ९४ र तीन करोड २७ लाख ४२ हजार पाँच रुपैयाको कारोबार भएको छ ।
सबैभन्दा धेरै नागरिक लगानी कोषका सेयरधनीले नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, महिला सहयात्रा माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी लिमिटेड, समता माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, बरुन हाइड्रोपावर, लक्ष्मी लघुवित्त, कालिका पावर कम्पनी, छाङदी हाइड्रोपावर र रैराङ हाइड्रोपावर लगायतका सेयरधनीले कमाएका छन् ।
सिद्धार्थ इक्विटी ओरेन्टेट स्कीमका सेयरधनीले सबैभन्दा धेरै छ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, सनराइज बैंक, नेपाल सेवा लघुवित्त, ग्रामीन विकास लघुवित्त, सोल्टी होटल, सांग्रीला डेभलपमेन्ट बैंक, तारागाउँ रेजेन्सी होटल, जनउत्थान सामुदायिक लघुवित्त, मिथिला लघुवित्त र नागवेली लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।