दिनभरिमा १६५ वटा कम्पनीको १२ लाख ४१ हजार आठ सय ४३ कित्ता सेयर चार हजार नौ सय ४३ पटक खरिदविक्री हुँदा ४२ करोड १३ लाख १६ हजार सात सय २३ रुपैयाको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको छ करोडमाथीको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रोमोटर सेयरको पाँच कारोभन्दा माथीको कारोबार भएको छ । एनएमबि बैंकको दुई कारोडमाथीको कारोबार भएको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंक प्रोमोटर सेयर, नेपािल बैंक, हाइड्रोइलेक्टीसीटि इन्भेष्टमेन्ट र एनआईसी एशिया बैंकको एक करोडमाथीको कारोबार भएको छ । यसबाहेक, नेपाल इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ९९ लाख ६४ हजार नौ सय २४, ९५ लाख ५९ हजार पाँ सय २१ र ९२ लाख १५ हजार दुई सय १७ को कारोबार भएको छ ।
मल्टीप्रपोज फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् भने प्राइम कमर्सियल बैंक प्रोमोटर सेयरका सेयरधनीले छ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, प्राइम लाइफ इन्स्योरेन्स, छाङदी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, सानिमा इक्युटी फण्ड, सिटिजन्स इन्भेष्टमेन्ट फण्ड मिर्मिरे लघुवित्त र नविल समृद्धि फण्ड लगायतका सेयरधनीले कमाएका छन् ।
एनएमबि बैंकका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, नागवेली लघुवित्त, एनएमबि बैंकल, विजय लघुवित्त, वुटवल पावर कम्पनी, एनएमबि माइक्रोफाइनान्स, सुर्योदय लघुवित्त, महिला सहयात्रा लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स लगायतका सेयरधनीले गुमाएका छन् ।