December 24th, 2018

एनएमबी बैंकका साधरणसभा पुस २६ गते, ३० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि  ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले दिने ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २६ गते वार्षिक साधारण सभा गर्ने बैंकले मंगलबार (पुस १० गते) देखि पुस २६ गतेसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिने भएको हो । 

कम्पनीले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ र नगद लाभांश वितरणमा १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ छुट्याएको छ ।

हाल एनएमबि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ ।